Skip to content

इतिहास

२८ अक्टोबर २००४, उनि ४० बर्ष लागेको दिन, वाल्टर सेफ्रानले एउटा ट्रेडमार्क रजिस्टर गरे जुन विश्वभरि सबैलाई थाहा हुनेवाला थियो। उनको उधेश्य, अन्तर्राष्ट्रिय ब्रान्ड र संचार उद्योगी भएको नाताले, बालबच्चाको राहतको लागि एउटा अन्तर्राष्ट्रिय दान प्रतीक बनाउनु थियो। ओरेन्ज् रिबनको सुन्तला रंग किन छानिएको हो भने यस्ले डच् जड्को प्रतीक र न्यानोपन, उर्जा, परिवर्तन र स्वास्थ्यको परावर्तन गर्छ।

walter_sophie.jpeg

उनलाई पहिले नै स्थापित् एउटा अर्के संस्थामा केन्द्रित हुनु परेकोले ओरेन्ज रिबनको लागि उनका क्रियाकलापहरू स्थगित गर्ने निर्णय गरे |

२००४ सालमा वाल्टरले उनकि स्तन क्यान्सरको दुख भोगेकि बहिनि डिजाईरी सेफ्रानको सहायता स्वरुप पिङ्क रिबन इन्टरनेशनलको आरम्भ र स्थापना गरे। www.pinkribbon.com वेबसाइटले १९९७ सालदेखिका स्तन क्यासर सम्बन्धि जानकारि प्रदान गर्नुका साथै वाल्टरले धेरै रार्ष्ट्रिय डोमेन र ट्रेडमार्कहरु पिङ्क रिबन विश्वव्यापीको लागि रजिस्टर गरे र स्तन क्यानसरको लागि विश्वव्यापी मञ्च र कोष (सचेत, संलग्नता, वकालत, मान्यता, मित्रता) को सूत्रपात गारे।

२००५ मा उनले पिङ्क रिबन इन्टरनेशनलको विचार उनका असल मित्र र लेखिका सोफी फान् दर् स्टाप, एक क्यान्सर उत्तरजीवी, संग चर्चा गरे र त्यस पछी सोफिलाई पिङ्क रिबन इन्टरनेशनलसंग आबद्ध हुन समय लागेन।

२००६ सालको अन्त्यतीर वाल्टरले ओरेन्ज रिबन सम्बन्धि आफ्ना विचारहरु सोफिसंग बाड्न थाले। पिङ्क रिबन को ज्ञानसंग बाल क्यान्सरको सचेतना र अनुदानको स्थापना गर्नु चुनौति हुन्थ्यो। उनिहरु केहि महिनापछी जुरिआन् फान् दम् संग जोडिए जो सोफि र वाल्टर का नजिकका मित्र र लाइडेन(Leiden) विश्वविद्यालयमा ऑङ्कोलॉजी विभाग मा एक चिकित्सीय अनुसंधानकर्ता थिए। जुरिआनले बिरामी बच्चाको लागी एउटा खेल (क्लिनिगेम्स्) को विचारको आरम्भ गरे। जब खेल खेलिरहेका हुन्छन्, बच्चाहरुले आफ्नो ऊपचारको प्रक्रियाको बारेमा सिक्न पाउथे र छिटो स्वस्थ हुन बल पुग्थ्यो। उनले पश्चिमि परम्परागत औषधी र पूर्बीय चिकित्सा सिद्धान्तलाई एकीकृत गर्न पनि कोशिश गरे। सोफि, जुरिआन र वाल्टरले ओरेन्ज रिबन इन्टरनेशनलको स्थापना गर्न सुरु गरे।

jur.jpg

२००७ सालमा ओरेन्ज रिबन को विचारलाई अझै सुविस्तार् र संरचित गरियो। संगठनात्मक बनावट र व्यापारिक दृष्टिकोणको स्थापना गरियो। ओरेन्ज रिबन इन्टरनेशनलाई एउटा अन्तराष्ट्रिय मञ्च हुनु थियो र अधिकृत बाल क्यान्सर प्रतिष्ठानहरूको लागि एकबद्ध विश्वव्यापि संस्था। मई, युवा जीवन को महीना, बाल क्यान्सरको सचेत महिना हुनेछ। यस महिनामा विश्वव्यापि रुपमा मुख्य शहरहरुमा विख्यात भवनहरुलाई आकर्षण गराउने (ओरेन्ज ईलुमीनेसन) सोचलाई अनुसंधान गरियो। यस संस्थाको विश्वव्यापि राजदूत, व्यवसायीक पत्रिका र बार्षिक ओरेन्ज रिबन अवार्ड पर्व हुनेछ।

२००८ जनवरि ४ मा जुरिआन फान दमको २९ वर्षको उमेरमा क्यान्सरबाट मृत्यु भयो। ऊनको आम्स्टर्डामको अन्त्येष्टिमा, उनका परिवार र सैयौ साथीहरुले ओरेन्ज रिबन लगाएर जुरिआनको विचारमा खडा भए। त्यस अवधी देखि ओरेन्ज रिबनका तिन प्रारम्भक मध्येका एक भएकोले ओरेन्ज रिबन जुरिआन फान् दममा समर्पीत भयो। त्यहि बर्ष जुरिआनकि प्रेमिका मार्लीम फिसरले ओरेन्ज रिबन पत्रिकाको प्रथम संस्करणको तैयारी सुरु गरिन।

सोफि ओरेन्ज रिबन इन्टरनेशनलका लागि अन्तर्राष्ट्रिय राजदुत र सम्बाददाता हुन्।

sfy39587p00